‘परदेशी २’ का निर्देशक भन्छन् – कोरोनाले खासै समस्या पारेको छैन « Khabarhub

‘परदेशी २’ का निर्देशक भन्छन् – कोरोनाले खासै समस्या पारेको छैन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपूत, वर्षा शिवाकोटी, केकी अधिकारी लगायतको अभिनय रहने फिल्म ‘परदेशी २’ को २० प्रतिशत छायांकन सकिएको छ । निर्देशक नारायण रायमाझीले फिल्मको छायांकन पूर्व निर्धारित योजनाअनुसार नै भइरहेको बताए ।

कोरोना भाइरस संक्रमणको भयले नेपाली फिल्म क्षेत्रमा प्रभाव परिरहेका बेला निर्देशक रायमाझीले भने छायांकनमा खासै प्रभाव नपरेको प्रतिक्रिया दिए ।

यतिबेला फिल्मको छायांकन पोखरा र आसपासका क्षेत्रमा भइरहेको छ । फिल्मको छायांकनका लागि केकी अधिकारी, प्रकाश सपुत लगायतको कलाकारको टिम पोखरामा छ ।

पोखरामा रहेका निर्देशक रायमाझीले भने, ‘फिल्मको छायांकन भइरहेको छ, कोरोनाले खासै समस्या पारेको छैन, पछि कस्तो अवस्था हुन्छ, त्यो भने भन्न सकिने अवस्था छैन ।’

वैदेशिक रोजगारीमा जाने नेपालीको कथा समेटिने यो फिल्ममा प्रकाश सपूत शीर्ष भूमिका छन् । यसअघि रायमाझीले ‘परदेशी’ नामक फिल्म बनाएका थिए । उक्त फिल्ममा प्रशान्त तामाङले शीर्ष भूमिका निभाएका थिए ।

उक्त फिल्मले पनि राम्रो चर्चा कमाएको थियो । ‘परदेशी २’ चाहिँ आगामी वर्षको दशैंमा प्रदर्शनमा ल्याउने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : १३ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट