हिमपातका कारण अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन « Khabarhub

हिमपातका कारण अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको घुच्ची लेखमा रहेको सातमोडमा फागुन दोस्रो साताबाट परेको भारी हिमपातले बन्द भएको सडक पुनः सञ्चालनमा आएको छ ।

फागुनको दोस्रो सातादेखि लगातार एक हप्तासम्म परेको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालन नहुँदा मुगुको सदरमुकाम गमगढीबजार र हुम्लामा दैनिक उपभोग्य सामान, विकास निर्माणका सामानहरु कालीकोटको नाग्मबजार, जुम्लाको गोठीज्युला र भुलभुले तथा अधिकांश बीच बाटोमै थन्किएको थियो ।

नाग्म–गमगढी सडकमा सञ्चालन हुने साना तथा ठूला मालवाहक गाडीहरु सञ्चालनमा आउन सकेका थिएनन् भने रारा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको गाडी हिलो र हिँउमा फसेर पर्यटकलाई हैरान भएको थियो ।

एकातिर सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानको अभाव हुँदै जान लाग्दा जिल्लाका कुनै पनि निकाय, स्थानीय सरकार, सरोकारवाला निकायको कुनै पनि नजर नगएपछि बल्लतल्ल प्रजिअ कृष्णकुमार निरौला, सहायक प्रजिअ, मुगु उद्योग वाणिज्य सङ्घ, जिल्लाका सरकारी कार्यालय, व्यापारी, सशस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालय, अन्य सरोकारवाला निकाय र पत्रकारको पहलमा बारम्बार ताकेता गरेपछि सडक डिभिजन कार्यालय जुम्लाको डोजर प्रयोग गरी एक हप्तासम्म बन्द भएको सडक आइतबारदेखि सञ्चालनमा आएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए ।

उनका अनुसार अब गमगढी बजारमा दैनिक उपभोग्य सामान र विकास निर्माणका सामान सहजरूपमा पाउने भएको छ । सडक खुलेकै दिन एक दर्जनभन्दा बढी मालवाहक गाडी र यात्रुवाहक सानाठूला गाडी सदरमुकाम गमगढी पास गरिएको प्रजिअ निरौलाले बताए ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : ३० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र