थ्रीस्टारलाई हराउँदै पुलिस आहा राराको गोल्डकपकाे फाइनलमा  « Khabarhub

थ्रीस्टारलाई हराउँदै पुलिस आहा राराको गोल्डकपकाे फाइनलमा 


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पुलिसले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भई अधिकांश समय खेलमा पकड जमाएको थियो ।

खेलको आठौँ मिनेटमा रवि पासवानको ‘क्रसपास’लाई सदुपयोग गर्दै पुलिसका भरत शाहले टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक शून्यले अग्रता लिएको पुलिसले खेलको ५१औँ मिनेटमा निरकुमार राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।

खेलको ७२औँ मिनेटमा राईले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेलमा साबिक विजेता थ्री स्टार क्लबले समेत गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन ।

पुलिसले अब बिहीबार हुने मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लबबीचको खेलको विजेतासँग चैत १ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ०१ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते