कांग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

कांग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशसभाको आजको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि बैठक अवरुद्ध भएको हो ।

सबै दलको प्रतिनिधित्व हुने गरी संसद् सचिवालय हेर्ने समिति बनाउनुपर्ने र मुख्यमन्त्रीले सबैलाई समानरुपमा हेर्ने तथा योजना समेट्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै प्याकेजमा राखिएका कार्यक्रमको बजेट वितरण गर्दा प्रतिपक्षीका तर्फबाट प्रतिनिधि राखेर वितरण गरिने प्रतिबद्धता सरकारले पूरा नगरेको बताए ।

प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावली आइसकेपछि विगतका दिनमा सबैभन्दा ठूलो चुनौतीका रुपमा प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावलीको अभाव रहेको बताउँदै उनले त्यसका लागि एउटा विधेयक टेबुल भएको र विधायन समितिबाट बहुमतका आधारमा पास भएको बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गर्दा निर्वाचन क्षेत्रमा रहेका सांसदबीच सहमति नभएको खण्डमा मुख्यमन्त्रीले निर्णय गर्ने अधिकार भए पनि विवाद भएका स्थानको बजेट विनियोजन गर्दा सांसदलाई राखी छलफल गर्नुपर्नेमा माग गर्दै उहाँले त्यसो नगरी प्रतिपक्षलाई बेवास्ता गरिएको आरोप लगाए ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न आग्रह गर्दा नबसेपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील