सशस्त्रमा रिक्त २ डिआईजीका लागि ६ एसएसपीको आवेदन « Khabarhub

सशस्त्रमा रिक्त २ डिआईजीका लागि ६ एसएसपीको आवेदन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलमा डिआईजीको बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्रमा रिक्त दुई पदमा ६ जना एसएसपीहरुले आवेदन दिएका छन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सचिवालयले ७ दिनभित्र बढुवाको लागी आवश्यक पर्ने शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनको लागी चाहिने आवश्यक प्रमाणपत्र पेश गर्न सुचना प्रकाशित गरेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र सदस्य सचिव समेत रहेका एआईजी रामशरण पौडेलले मंगलबार ६ जनाको विवरण गृहमन्त्रालयले गठन गरेको सचिवालयमा बुझाएका छन् ।

बढुवाका लागि अघिल्लो ब्याचबाट एसएसपी हरिशचन्द्र अधिकारी र पछिल्लो ब्यांचमा एक नम्बरमा रहेका अभिकुमार खत्रीले फारम भरेका छन् ।

बढुवामा योग्य भएपनि तीन नम्वरमा रहेका एसएसपीहरु गणेश ठाडा मगर, दुर्गा भट्टराई र कमल गिरीले भने फारम बुझाएका छैनन् ।

डिआईजी बढुवाको लागी फारम भर्नेमा एसएसपीहरु शम्भु सुवेदी, राजेन्द्र शाक्य, राजेन्द्र अधिकारी र कुलबहादुर नेम्वांङ्ग रहेका छन् । तिमध्ये खत्री र सुवेदी २०७३ चैत्र १५ मा एसएसपीमा बढुवा भएका हुन् भने शाक्य र अधिकारी उनीहरुभन्दा चार महिना पछि एसएसपीमा बढुवा भएका हुन् ।

गृहमन्त्रालय स्रोतकाअनुसार डिआईजी बढुवाको लागी बिहीबारबाट प्रक्रिया शुरु हुनेछ । रिक्त दुई जना डिआईजी पदमा ६ जना दावेदार भएपनि मन्त्रालयले वरियता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा प्रक्रिया अघि बढाउनेछ ।

तत्कालिन गृहसचिव प्रेमकुमार राईको पालामा समेत सशस्त्रमा डिआईजी बढुवा हुंदा वरियतालाई आधार बनाइएको थियो ।
वरियताको आधारमा सशस्त्रमा तत्कालिन एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, बंशिराज दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेतको डिआईजीमा बढुवा भएको थियो ।

वरियतामा अघि भएपनि सिनियर व्यवस्थापन तालिम नभएपछि एसएपी अधिकारी बढुवा हुनबाट बञ्चित भएका थिए ।

सशस्त्र प्रहरीमा रिक्त दुई डिआईजीमा एक जनाको मात्र बढुवा गर्ने लविङ्ग भएपनि गृह नेतृत्वले भने त्यसमा असन्तुष्टि जनाएको र दुई वटै रिक्त डिआईजी पदमा बढुवा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ९ : ५१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र