कोरोना भाइरसले अमेरिकामा एकैदिन २ हजार बढीले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरसले अमेरिकामा एकैदिन २ हजार बढीले ज्यान गुमाए


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ ।

पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

हालसम्म विश्वभरिमा १६ लाख ९७ हजार संक्रमित भेटिएकोमा १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार हालसम्म १६ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित छन् भने १ लाख २ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

१ लाख २ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी