कोरोना भाइरसले अमेरिकामा एकैदिन २ हजार बढीले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरसले अमेरिकामा एकैदिन २ हजार बढीले ज्यान गुमाए


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २ हजार बढीको मृत्यु भएको छ ।

पछिल्ला एक सातामा औषतमा दैनिक १५ सयका दरले आफ्ना नागरिक गुमाउँदै आएको अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार १७ जनाको मृत्यु भएको छ ।

यससँगै अमेरिकामा हालसम्म १८ हजार ६ सय ९९ पुगेको छ । जुन संख्या इटालीको भन्दा १ सय ५० ले कमी हो । हालसम्म सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको इटालीमा हो । इटालीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै अमेरिकामा हालसम्म संक्रमितको संख्या ५लाख नाघेको छ । अहिलेसम्म अमेरिकामा ५ लाख १ हजार ८ सय ८० जना संक्रमित भेटिएको , जसमध्ये पछिल्लो २४ घन्टामा मात्रै ३३ हजार ३ सय १४ नयाँ संक्रमित देखिएका हुन् ।

हालसम्म विश्वभरिमा १६ लाख ९७ हजार संक्रमित भेटिएकोमा १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्यांकअनुसार हालसम्म १६ लाख ९७ हजार ३ सय ५४ जना संक्रमित छन् भने १ लाख २ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

१ लाख २ हजार जनाको भने ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा