सुदूरपश्चिम प्रदेश :  २५९ नमूना नेगेटिभ | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश :  २५९ नमूना नेगेटिभ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।

धनगढीमा आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए । 

प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमूना जाँच गर्ने लक्ष्य छ । नमूना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  २ : ५२ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको