२४ घण्टामा ८ सय ९७ जनामा कोरोनाभाइरस परीक्षण, नतिजा ‘नेगेटिभ’ « Khabarhub

२४ घण्टामा ८ सय ९७ जनामा कोरोनाभाइरस परीक्षण, नतिजा ‘नेगेटिभ’


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका थप संक्रमित नभएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन माफर्त नयाँ संक्रमण नभएको जानकारी दिएका हुन् ।
गत २४ घण्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण गर्दा नयाँ संक्रमण नभेटिएको शनिवारको पत्रकार सम्मेलनमा डा देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार गत २४ घण्टा भित्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ सय ९ र काठमाडौं बाहिर २ सय ८८ जनाको नमूना परीक्षण भएको छ ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित मध्ये एक जना निको भइसकेका छन् भने ८ जना विभिन्न अस्पतालहरुमा उपचारत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार देशभरको क्वारेन्टाइनमा ८ हजार ८२ जना व्यक्ति रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा ८२ जना बिरामी आइसोलेसनमा उपचारत छन् ।

काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना कोरोना आशंका गरिएका बिरामी आइसोलेसनमा रहेका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक वीर अस्पतालमा पनि कोरोना परीक्षण शुरु भएको छ । यस्तै टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भोलिदेखि कोरोना परीक्षण सुरु हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ५ : ०२ बजे

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले