लकडाउन तत्काल हट्दैन :  प्रधानमन्त्री | Khabarhub Khabarhub

लकडाउन तत्काल हट्दैन :  प्रधानमन्त्री


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा अझ कडाइ हुने बताएका छन् ।

शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरससँग लड्न सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको बताए ।

बिहान ११ : ३० देखि अपरान्ह ३ः ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म भिडियो कन्फरेन्स सञ्चालन भएको थियो ।

उक्त कन्फरेन्समा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसबीचका प्रयाशहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले बताए ।

उनले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको दाबी गरे । अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई प्रधानमन्त्रीले अनुरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने बताए ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनको भनाइ थियो ।

‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्नुस्’, प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँग भने ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइर नियन्त्रण तथा रोकथामका लागि सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारे ।

सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे । केही दिन अघि मात्र नेकपाका अर्का अध्यक्ष प्रचण्डले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले लकडाउनमा प्रशासनिक लापरबाही, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्ने र त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ५ : ३३ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु

आजका समाचार : भूमि विधेयकविरुद्ध आन्दोलनको घोषणा, मनाइयो कुशे औँसी र पाकिस्तानमा विनाशकारी बाढी

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाईइजरायलमा सशस्त्र समूह