एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव « Khabarhub

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था  एनसिसी अल्मुनाइ एशोसिएसन नेपालको आठौँ वार्षिकोत्सव समारोहमा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षकसमेत रहेका सिग्देलले एसोसिएसनले पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गरे ।

एसोसिएसनका निर्देशक पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक  यामप्रसाद  ढकालले संस्थाका कार्यक्रमबारे जानकारी दिए । 

एनसिसी विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ मा स्थापना भएको थियो । राष्ट्रिय सेवा दलले वार्षिक करिब सात हजार ७०० जनालाई तालिम गराउँदै आएको छ ।

तालिम हालसम्म ८६ हजारभन्दा बढी छात्र/छात्राहरूले लिइसकेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ०५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका