प्रहरी र स्वास्थ्यकर्मीलाई पीपीई प्रदान « Khabarhub

प्रहरी र स्वास्थ्यकर्मीलाई पीपीई प्रदान


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– सप्तरी जिल्लाका प्रहरी कर्मचारीलाई पिपिई (पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट) उपलब्ध गराइएको छ । विश्वभर तीव्ररुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन क्वारेन्टाइन स्थल, अस्पताल र गस्ती गाडीमा खटिएका प्रहरीलाई पिपिई उपलब्ध गराइएको सप्तरी प्रहरीले जनाएको छ ।

जनताको सुरक्षामा खटिने प्रहरी कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रहरी कर्मचारीलाई दुई थान मास्क, १० जोर पञ्जा, एक÷एक थान स्यानिटाइजर र चस्मासमेत प्रदान गरिएको छ ।

सर्वसाधारणलाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित हुन र लकडाउन उल्लङ्घन नगर्न÷नगराउन महामारीको जोखिमबाट जोगाउन विभिन्न १०० स्थानमा प्रहरीले माइकिङ, सामाजिक सञ्जाल र स्थानीय एफएममार्फत सन्देशमूलक सूचना तथा जनचेतनामूलक ‘जिङ्गल’ प्रचारप्रसार गरिरहेको जानकारी दिएको छ ।

यसैगरी राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले आज १० थान पिपिई, १० हजार वटा मास्क, ५० लिटर स्यानिटाइजर सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकालाई प्रदान गरेका छन् ।

सप्तकोशी र कञ्चनरुप नगरपालिकामा रहेको स्वास्थ चौकीमा यी सामान प्रयोग गरिनेछ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र अग्निसाइर कृष्णसवरण गाउँपालिकाका लागि समेत आवश्यक समान उपलब्ध गराइने प्याकुरेलले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २७ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी