प्रहरी र स्वास्थ्यकर्मीलाई पीपीई प्रदान | Khabarhub Khabarhub

प्रहरी र स्वास्थ्यकर्मीलाई पीपीई प्रदान


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– सप्तरी जिल्लाका प्रहरी कर्मचारीलाई पिपिई (पर्सनल प्रोटेक्टिप इक्वीमेन्ट) उपलब्ध गराइएको छ । विश्वभर तीव्ररुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन क्वारेन्टाइन स्थल, अस्पताल र गस्ती गाडीमा खटिएका प्रहरीलाई पिपिई उपलब्ध गराइएको सप्तरी प्रहरीले जनाएको छ ।

जनताको सुरक्षामा खटिने प्रहरी कर्मचारीको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रहरी कर्मचारीलाई दुई थान मास्क, १० जोर पञ्जा, एक÷एक थान स्यानिटाइजर र चस्मासमेत प्रदान गरिएको छ ।

सर्वसाधारणलाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित हुन र लकडाउन उल्लङ्घन नगर्न÷नगराउन महामारीको जोखिमबाट जोगाउन विभिन्न १०० स्थानमा प्रहरीले माइकिङ, सामाजिक सञ्जाल र स्थानीय एफएममार्फत सन्देशमूलक सूचना तथा जनचेतनामूलक ‘जिङ्गल’ प्रचारप्रसार गरिरहेको जानकारी दिएको छ ।

यसैगरी राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले आज १० थान पिपिई, १० हजार वटा मास्क, ५० लिटर स्यानिटाइजर सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकालाई प्रदान गरेका छन् ।

सप्तकोशी र कञ्चनरुप नगरपालिकामा रहेको स्वास्थ चौकीमा यी सामान प्रयोग गरिनेछ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र अग्निसाइर कृष्णसवरण गाउँपालिकाका लागि समेत आवश्यक समान उपलब्ध गराइने प्याकुरेलले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : २७ बजे

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

‘ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र

कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालन

बागमती–  हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ । मकवानपुरको

वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं– वीर अस्पतालले जुन महिनाभरी ब्रेन ट्युमरका बिरामीहरूको निःशुल्क शल्यक्रिया

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा–  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्छ : धनराज गुरुङ

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई