राहतमा कुहिएको दाल बाँडिएपछि मेयरको कोल्ड स्टोरमा शिलबन्दी « Khabarhub

राहतमा कुहिएको दाल बाँडिएपछि मेयरको कोल्ड स्टोरमा शिलबन्दी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – कुहिएको दाल बिक्री गरेको पाइएपछि कलैया उपमहानगरपालिकाका मेयरको गोदाममा शिलबन्दी गरिएको छ ।

स्थानीय प्रशासनले शनिवार कलैया उपमहानगरपालिका–७ स्थित यादव कोल्ड स्टोरमा शिलबन्दी गरेको हो ।

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवले सञ्चालन गर्दै आएका छन् ।

यादव गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो छापा मारेको हो ।

यादवको घरमा रहेको यादव कोल्ड स्टोरमा छापा मार्दा प्रहरीले ३८० बोरा कुहेको दाल बरामद गरेको छ।

शुक्रबार कलैया उपमहानगरपालिका(२० बसन्तपुर टोलमा राहत वितरण गर्दा कुहिएको दाल देखिएपछि स्थानीयहरूले विरोध गरेका थिए।

लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको आरोप स्थानीयले लगाएका छन् ।

जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो। अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो। अनुगमनपछि उक्त गोदाममा शिलबन्दी गरिएको छ।

गोदाममा बाँकी रहेको ३ सय ८० बोरा रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि नमुना संकलन गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४३ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण