राहतमा कुहिएको दाल बाँडिएपछि मेयरको कोल्ड स्टोरमा शिलबन्दी « Khabarhub

राहतमा कुहिएको दाल बाँडिएपछि मेयरको कोल्ड स्टोरमा शिलबन्दी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – कुहिएको दाल बिक्री गरेको पाइएपछि कलैया उपमहानगरपालिकाका मेयरको गोदाममा शिलबन्दी गरिएको छ ।

स्थानीय प्रशासनले शनिवार कलैया उपमहानगरपालिका–७ स्थित यादव कोल्ड स्टोरमा शिलबन्दी गरेको हो ।

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवले सञ्चालन गर्दै आएका छन् ।

यादव गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो छापा मारेको हो ।

यादवको घरमा रहेको यादव कोल्ड स्टोरमा छापा मार्दा प्रहरीले ३८० बोरा कुहेको दाल बरामद गरेको छ।

शुक्रबार कलैया उपमहानगरपालिका(२० बसन्तपुर टोलमा राहत वितरण गर्दा कुहिएको दाल देखिएपछि स्थानीयहरूले विरोध गरेका थिए।

लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको आरोप स्थानीयले लगाएका छन् ।

जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो। अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो। अनुगमनपछि उक्त गोदाममा शिलबन्दी गरिएको छ।

गोदाममा बाँकी रहेको ३ सय ८० बोरा रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि नमुना संकलन गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४३ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर