चट्याङबाट बागलुङमा एक जनाको मृत्यु « Khabarhub

चट्याङबाट बागलुङमा एक जनाको मृत्यु


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर उनीसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छिन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ४१ बजे

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन