लकडाउन थप गर्ने पक्षमा भारतीय प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

लकडाउन थप गर्ने पक्षमा भारतीय प्रधानमन्त्री मोदी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउनको अवधि थप्ने पक्षमा प्रधानमन्त्री नरेन्द्र मोदी रहेको बताएका छन् ।

शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स गरेका थिए 

त्यसक्रममा धेरै मुख्यमन्त्रीहरूले मानिसहरूको हिँडडुलमा प्रतिबन्ध लगाउने कार्य जारी राख्नु पर्ने सुझाव दिएका थिए।

दिल्लीका मुख्यमन्त्री केजरीवालका अनुसार आउने मङ्गलवारसम्म जारी रहने भनिएको लकडाउनको अवधि थप गर्न प्रधानमन्त्री मोदी सहमत भएका थिए ।

महाराष्ट्र राज्यले ३० एप्रिलसम्म लकडाउनको अवधि बढाउने निर्णय गरिसकेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतमा कोरोनभाइरसका कारण लगाइएका प्रतिबन्धहरूका कारण मानिसहरूले सास्ती पाएका र अर्थतन्त्र प्रभावित भएको भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।

कोरोना भाइरसले भारतमा अहिलेसम्म ७हजार ६०० जना सङ्क्रमित भएका छन् र त्यहाँ २४९ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ८ : ५६ बजे

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक