प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ « Khabarhub

प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- क्वारेन्टाइनमा बसेका नागरिकको आजदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ ।

शनिवार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो ।

टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए ।

क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ ।

जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

प्रतिपरिवार दुई हजारको राहत

बैतडीको पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई आजदेखि राहत वितरण कार्य शुरु गरेको छ ।

छाक टार्न मुस्किल भएका परिवारलाई प्रतिपरिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धाँमीले जानकारी दिए ।

प्रहरी जवान आइसोलेसन भर्ना

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए ।

प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।

३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो । जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ छ ।

प्रहरी जवानको ‘थ्रोट स्वाब’ सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ । यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुई जनालाई कोरोनाको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैधरुपमा महाकाली नदीमा ट्युबमा तरेर आउनेक्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ ।

अवैध नेपाल प्रवेश रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : १८ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक