इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे क्लबहरु छलफलमा जुट्दै « Khabarhub

इंग्लिस प्रिमियर लिग सञ्चालन गर्नेबारे क्लबहरु छलफलमा जुट्दै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण सिजनको बिचमै रोकिएको लिगलाई पुनः सञ्चालन गर्ने विषयमा इंग्लिस प्रिमियर लिगका क्लबबिच आज छलफल हुँदै छ ।  

लिगका क्लबहरुबिच यो सिजनका बाँकी खेलहरु गर्ने सम्बन्धी छलफल सोमबार हुँन लागेको हो ।

यसअघिका छलफलमा न्यूट्रल भेन्यूको प्रस्ताव गरिए पनि त्यसमा सबै क्लब सहमत देखिएका थिएनन् ।

२० मध्ये १४ क्लब पक्षमा आए भने मात्रै न्यूट्रल भेन्यूमा खेल गर्न बाटो खुल्छ ।

त्यसका लागि १० वटा न्यूट्रल भेन्यूमा खेल गर्ने गरी क्लबहरुबिच छलफल जारी छ ।

तर पुछारका टिमहरुले भने यसले खेलको वास्तविक मर्म नसमेट्ने र रेलिगेशनमा पर्ने जोखिमकाबीच न्यूट्रल भेन्यूमा खेल्न नसक्ने बताउदै आएका छन् ।

बेलायत सरकारले सोमबार केही खेलाडीहरुले सुरुवाति चरणको प्रशिक्षण सुरु गर्न पाउने घोषणा गर्ने अपेक्षा छ । तर हिजो केही क्लबका खेलाडीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएसंगै थप अन्योलता थपिएको छ ।

कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको प्रिमियर लिगको यो सिजनका ९२ खेल हुन बाँकी छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ६ : ३६ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।