काठमाडौं – फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३१२ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भएको छ ।
यसअघि शनिबार पनि त्यहाँ संक्रमित र मृतकको संख्या केही दिन यताकै न्यून थियो । शनिबार त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ९७० पुगेको छ भने मृतक संख्या २६ हजार ३८० पुगेको छ ।
त्यहाँ ९४ हजार ३७३ जनाको उपचार भइरहेकोमा २ हजार ७७६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रतिक्रिया