नदीले बगाउँदा गोरखामा दुईजना बेपत्ता « Khabarhub

नदीले बगाउँदा गोरखामा दुईजना बेपत्ता


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । 

माछा मार्ने क्रममा आइतबार दिउँसो स्थानीयवासी रुद्रबहादुर चेपाङका छोरा १४ वर्षीय विकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

बेपत्ता बालकको प्रहरी र स्थानीयवासीले खोजी कार्य गरिरहेको वडा नं १ वडा सदस्य मीनबहादुर सुनारले जानकारी दिए । बुबासँगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासि नदीले बगाएको थियो ।

यता गोरखाको शहीद गाउँपालिका–३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् । बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ वर्षीय कृष्णबहादुर पुनलाई पौडी खेल्ने क्रममा हिजो दिउँसो नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : १२ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित