सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँ : नेता नेपाल | Khabarhub Khabarhub

सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँ : नेता नेपाल


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् ।

कोरोना महामारीलाई देखाएर सरकार पन्छन नमिल्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार विहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्य नेता नेपालले भूमि मिचिएको विषयमा सरकारले कोरोनालाई देखाएर पन्छन नमिल्ने बताएका हुन् ।

‘भूमि अतिक्रम भएको जस्तो गम्भीर विषयमा सरकार कोरोना महामारीलाई देखाएर सरकार चुप लागेर बस्न मिल्दैन’, नेता नेपालले भने, ‘तत्काल सक्रिय हुन जरुरी छ ।’

भारतसँगको खुल्ला सीमाका कारण विभिन्न समयमा समस्या आइरहने गरेको भन्दै नेता नेपालले सीमामा काँडेतार र पर्खाल लगाउनेसम्मका काममा सरकार अघि बढ्नुपर्ने बताए ।

नेपालमा भारत विरोधी भाव बढिरहेको प्रति भारतले विचार गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : ५६ बजे

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित