अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग « Khabarhub

अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा तत्काल सेना पठाएर नेपाली भूमिको रक्षा गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल  उपस्थित सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन् ।

सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे ।  ‘अतिक्रमण गरिएको क्षेत्रमा सीमा सुरक्षाका लागि सेना पठाइहाल्नुपर्छ । विगतका क-कसले के–के गल्ति गरे त्यसको पनि खोजविन हुनुपर्छ,’ उनले भने, “अहिलेको सरकार र विगतका सरकारका बीचमा दोषारोपण गर्ने भन्दा समस्या समाधान गर्नु नै उपयुक्त हुन्छ ।’

अर्का सांसद चाँदतारा कुमारीले पनि सीमामा सेना पठाउन र कुटनीतिक तरिकाले भारतसँग वार्ता गर्न माग गरिन् ।

बैठकमा बोल्दै सांसद भीम रावलले विगतमा अरूले गरेनन् भनेर आजको दायित्वबाट सरकारलाई पन्छिने छुट नभएको भन्दै तत्काल विज्ञ टोली सीमा क्षेत्रमा पठाउन माग गरे ।

उनले सीमा विवादबारे राज्यका निर्देशक समितिले कति पटक निर्देशन दियो कति पटक कार्यान्वयन भयो ? भन्दै प्रश्न गरे ।

भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गर्नु दुई देशको असल छिमेकीको सम्बन्ध विपरित र अन्तर्राष्ट्रिय कानून विपरित रहेको भन्दै रावलले आपत्ति प्रकट गरे ।

उनले दार्चुलाको सबैभन्दा धेरै जमिन अतिक्रमण भएको बताउँदै नेपाली सीमानामा भारतले ४५ हजार सुरक्षाकर्मी परिचालन गरेको उल्लेख गरे ।

उनले तत्काल अतिक्रमण भएको क्षेत्रमा विज्ञ टोली पठाउन पर्ने तथा नेपालको नक्सा प्रकाशन गर्नु पर्ने बताए ।

दिल्लीमा रहेको राजदूतलाई अह्रराएर केही काम नहुने भन्दै रावलले स्थलगत रुपमा के भइरहेको छ भनेर नेपाल सरकारले किन नहेर्ने भन्दै प्रश्न गरे ।

सांसद उमा रेग्मीले ७ महिना अघि भारतले नक्सा सार्वजनिक गर्दा नेपालको भूमिसहित नेपालको पनि नक्सा सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन समेत अटेरी गरिएकोमा आपत्ति जनाइन् ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नक्सा प्रकाशन गर्न प्राविधिक समस्या पर्यो भनेर दिएको अभिव्यक्तिलाई स्पष्ट पार्न माग गरिन् ।

सीमा मिचिएकोबारे प्रधानमन्त्रीस्तरीय वार्ता गर्न आग्रह गर्दै रेग्मीले यो कुनै दल र सरकारको मात्र समस्या नभइ देशको समस्या भएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही