अहिले स्पेनलाई फुटबलको आवश्यकता परेको छ – रामोस « Khabarhub

अहिले स्पेनलाई फुटबलको आवश्यकता परेको छ – रामोस


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रियल मड्रिडका कप्तान सर्जियो रामोसले नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा स्पेनलाई फुटबलको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् ।

रामोसले कोरोना माहामारीले संकट शृजना गरेको उल्लेख गर्दै देशका लागि आर्थिक र भावनात्मक रुपमा फुटबल आवश्यक रहेको बताएका हुन् ।

जारी लिग बीचैमा रोकिएपछि कसरी फुटबलको पुनरागमन होला भन्ने छलफलमा उनले कोभिड १९ बाट माथि उठ्न फुटबल आवश्यक रहेको बताएका छन् ।

‘फुटबल फर्किन समय चहिन्छ । अहिले देशलाई आर्थिक संकटबाट जोगिन फुटबलको आवश्यकता छ यसले जनताको ध्यान तान्न सफल हुनेछ,’ रोमोसलाई उदृत गर्दै मार्काले लेखेको छ’ हामी ला लिगामा सामान्य रुपमा फर्किन चहान्छौं ।’

खेलमा फर्किँदा खेलाडी तथा क्लबले अनुसाशनको पालना गर्नु पर्नेमा उनले जोड दिएका छन् । रामोसले छिट्टै मैदान फर्किने सन्देश दिएका छन् ।

ला लिगा कोरोनाकै बीच शूरु हुनेबारे छलफल भइरहेको छ । लिग सूचारु भए दर्शकविना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ला लिगामा बार्सिलोना शीर्ष स्थानमा छ भने रियल दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ५८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका