ला लिगका शीर्ष क्लवमा आबद्ध ५ खेलाडीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

ला लिगका शीर्ष क्लवमा आबद्ध ५ खेलाडीलाई कोरोना भाइरसको संक्रमण


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस फूटबल लिग ला लिगाका शीर्ष क्लवका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कुन क्लवका कुन/कुन खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको हो भन्नेबारे अहिलेसम्म गोप्य राखिएको छ ।

संक्रमित पाँचै जना खेलाडीलाई आइसोलेसनमा राखिएको छ । उनीहरूको नियमित परीक्षण गरिने र लगातार दुई परीक्षणमा नेगेटिभ नतिजा आएपछि मात्र ट्रेनिङमा सामेल हुन पाउनेछन्।

आगमी जुनबाट ला लिगा शुरू गर्ने तयारी भइरहेका बेला क्लबहरूले ट्रेनिङ शुरू गर्नुअघि परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्पेनमा बिना दर्शक बन्द रंगशालामा खेल शुरू गर्ने तयारी भइरहेको छ।

त्यसैको तयारीस्वरुप शीर्ष स्थानका बार्सिलोनासहित ला लिगाका विभिन्न क्लबका खेलाडीहरुले ट्रेनिङ शुरू गरेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ०४ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित