म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन « Khabarhub

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी लकडाउनको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो ।

भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिकाअनुसार सेवा प्रवाह गराउँदै आएका बैंक तथा वित्तीय संस्थाले आजदेखि भने नियमितरुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीबीचमा तीन फिटको भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ ।

यस्तै सेवा प्रदायक र सेवाग्राही दुवैले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्नेलगायतका शर्तहरुको पालना गरेर सेवा सञ्चालन गराउन निर्देशन दिइएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : २४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार