कोरोना संक्रमण फैलन मौसमको भूमिकाबारे प्रष्ट भएको छैन : डब्ल्युएचओ « Khabarhub

कोरोना संक्रमण फैलन मौसमको भूमिकाबारे प्रष्ट भएको छैन : डब्ल्युएचओ


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसमा मौसमको प्रभावबारे स्पष्ट नरहेकाले साबधानी नै अहिलेको उपयुक्त उपाय भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

बुधबार भएको प्रेस ब्रिफिङमा डब्ल्युएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा वा अन्य क्षेत्रमा गर्मी बढ्दाको प्रभावबारे अहिले स्पष्ट हुन नसकिने बताएका हुन् ।

‘तत्काल हामीसँग त्यस्तो कुनै तथ्यांक छैन कि जाडो मौसममा कोरोना भाइरस थप आक्रमणक हुन्छ वा शिथिल हुन्छ,’ रायनले भने ।

उनले कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उनले प्रष्ट्याएका छन् ।

मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन पनि उनले सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ११ : ५४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज