गर्मीमा आँप खाँदा फाइदैफाइदा « Khabarhub

गर्मीमा आँप खाँदा फाइदैफाइदा


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले देशभर गर्मी बढेको छ । अझ ३ दिनयता तराईका जिल्लाहरुमा त ह्वात्तै गर्मी बढेको छ ।

यो मौसममा बजारमा प्रशस्त आपँ पाउने गरिन्छ । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । तसर्थ आँपको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

१. गर्मी फल भनिएपनि आँपसंग जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले शरीरबाट गर्मी भाग्दछ ।

२. आँपमा हुने भिटामिन ईले मानिसको सेक्स हर्मोनमा बृद्धि भई यौन क्षमतामा विकास गराउँछ ।

३. आपँमा पाइने टरटरिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरीरमा रहेको अनावश्यक अम्लिय पदार्थलाई नष्ट पार्न सहयोग गर्दछ ।

४. आँपको सेवनले शरीरमा भएको रगतको कमीलाई पुर्ति गर्दछ । आँपले शरीरमा रगतको मात्रा बढाउँछ ।

५. आँपको सेवन गर्भवती महिलालाई पनि फाइदाजनक हुन्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलाई यसले पुरा गर्दछ ।

६. आँपमा फाइबरका साथै भिटामिन सी समेत पाइन्छ यसले शरीरमा कोलेस्ट्रेरोलको स्तर सन्तुलित रहन्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्दछ ।

७. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट राहत पाइन्छ ।

८. आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकासमा मद्दत गर्दछ । यसले शरीरमा हुने साधारण इन्फेक्सनबाट बचाउँछ ।

९. आँपमा भरपूर मात्रामा भिटामिन बी ६ पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।

१०. आँपमा पाइने भिटामिन एले आँखा तेजिलो पार्नमा सहयोग गर्दछ । यसले आँखा सम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १ : ४२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल