गर्मीमा आँप खाँदा फाइदैफाइदा « Khabarhub

गर्मीमा आँप खाँदा फाइदैफाइदा


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले देशभर गर्मी बढेको छ । अझ ३ दिनयता तराईका जिल्लाहरुमा त ह्वात्तै गर्मी बढेको छ ।

यो मौसममा बजारमा प्रशस्त आपँ पाउने गरिन्छ । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । तसर्थ आँपको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

१. गर्मी फल भनिएपनि आँपसंग जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले शरीरबाट गर्मी भाग्दछ ।

२. आँपमा हुने भिटामिन ईले मानिसको सेक्स हर्मोनमा बृद्धि भई यौन क्षमतामा विकास गराउँछ ।

३. आपँमा पाइने टरटरिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरीरमा रहेको अनावश्यक अम्लिय पदार्थलाई नष्ट पार्न सहयोग गर्दछ ।

४. आँपको सेवनले शरीरमा भएको रगतको कमीलाई पुर्ति गर्दछ । आँपले शरीरमा रगतको मात्रा बढाउँछ ।

५. आँपको सेवन गर्भवती महिलालाई पनि फाइदाजनक हुन्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलाई यसले पुरा गर्दछ ।

६. आँपमा फाइबरका साथै भिटामिन सी समेत पाइन्छ यसले शरीरमा कोलेस्ट्रेरोलको स्तर सन्तुलित रहन्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्दछ ।

७. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट राहत पाइन्छ ।

८. आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकासमा मद्दत गर्दछ । यसले शरीरमा हुने साधारण इन्फेक्सनबाट बचाउँछ ।

९. आँपमा भरपूर मात्रामा भिटामिन बी ६ पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।

१०. आँपमा पाइने भिटामिन एले आँखा तेजिलो पार्नमा सहयोग गर्दछ । यसले आँखा सम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १ : ४२ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश