नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित « Khabarhub

नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित भएको छ ।

जुलाई ४ देखि ११ सम्म स्कटल्याण्डमा हुने भनिएको सिरिज कोरोना भाईरसको कारण स्थगीत गर्नुपरेको अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको हो । कोरोना भाईरसको महामारीको कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो ।

सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी हुने तय थियो । सिरिज जुलाई ४ देखि ११ सम्म हुने तालिका रहेको थियो । यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ ।

घरेलु टिम नामिबिया, नेपाल र स्कटल्याण्डबीचको सिरिज अप्रिल २० देखि २७ सम्म तय भएको थियो । यस्तै नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज जुन ९ देखि १६ सम्म हुने तय थियो ।

विश्वकप लिग–२ प्रतियोगिता सन् २०२३ विश्वकप छनोट प्रतियोगितामा पुग्ने सुनौलो अवसर हो । जहाँ ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने गर्छन् । तालिकाको शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् ।

नेपालले यस अघि एक सिरिज खेलिसकेको छ । अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ। नेपाल ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ४८ बजे

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले