मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टि


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची–उपचारको क्रममा हिजो दिउसो मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिइन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ ।

जेठ २३ गते लगेको स्वाब नै हराएपछि २ दिन देखी शव व्यवस्थापना कठिनाई भएको छ । परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा राखिएको थियो ।

जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको स्वाव हराएपछि आज विहान पुन स्वाव पठाईएको थियो ।

उहाँलाई मगलवार सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो। उपचार गरि घर फर्कदै गर्दा उहाँको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो ।

स्वाब परिक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहबामा मृतक ब्यक्तिको नामको स्वाब हराएको खुलेको हो ।

स्वाबको रिजल्ट आएकाले शवको व्यवस्थापन नियवली अनुसार गर्ने काम भईरहेको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताए ।गणेश खनालबाट

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ३२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने