जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न ट्राफिक महाशाखाको अनुरोध « Khabarhub

जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न ट्राफिक महाशाखाको अनुरोध


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधन सञ्चालनमा सरकारले लागू गरेको जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

महाशाखाले विहीबार विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोर-बिजोर प्रणाली लागू हुने जनाएको छ ।

जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए ।

उनले ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पांग्रे सवारी साधन ( मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने बताए ।

जोर बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर बिजोर प्रणाली अनुसार मात्र चल्न पाउने  महाशाखाले उल्लेख गरेको छ ।

अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारी साधन चलाएको पाइए विभिन्न चेकप्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गरिने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ५९ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्