केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर « Khabarhub

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान गएको घटनामा केन्याका धार्मिक नेता पल म्याकेन्जी दोषी ठहरिएका छन् । अदालतले उनीसहित ३० जनालाई १२३ जना अनुयायीको हत्यासम्बन्धी मुद्दामा शुक्रबार दोषी ठहर गरेको हो ।

गुड न्युज इन्टरनेसनल चर्चका संस्थापक तथा पास्टर म्याकेन्जीसँगै उनकी पत्नी रोडा मुम्बुवा र अन्य २८ जना अनुयायीलाई पनि तटीय सहर मोम्बासामा भएको सुनुवाइपछि दोषी ठहर गरिएको छ । म्याकेन्जीले आफ्ना अनुयायीलाई येशूलाई भेट्न उपवास बस्न आग्रह गरेका थिए । सन् २०२३ मा मालिन्दी सहरनजिकै रहेको विशाल खेतमा छरिएका सामूहिक चिहानबाट अधिकारीहरूले ४०० भन्दा बढी शव फेला पारेका थिए ।

सरकारी अनुसन्धानअनुसार म्याकेन्जीका अनुयायीहरू अनुसन्धानबाट बच्न उक्त क्षेत्रमा बसाइँ सरेका थिए । घटनामा बालबालिका भोकमरीको सिकार हुने पहिलो समूह बनेका थिए । म्याकेन्जीलाई गत नोभेम्बर ७ मा १९० बालबालिका र एक वयस्कसहित १९१ जनाको हत्याको अभियोगमा २०० वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले आफ्नै सङ्गठनका सदस्यहरूको मृत्युसँग सम्बन्धित विभिन्न अभियोगमा छुट्टाछुट्टै मुद्दाको सामना गरिरहेका छन् । यसअघि बुधबार अर्को मुद्दामा उनी बालबालिकामाथि क्रुर व्यवहार र कट्टरपन्थीकरणको अभियोगमा पनि दोषी ठहर भएका थिए । उक्त मुद्दामा उनलाई आगामी डिसेम्बरमा सजाय सुनाइनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ३ : ४७ बजे

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान

सन् २०३० सम्म थप पाँच आणविक पनडुब्बी भित्र्याउने रूसको घोषणा

काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक ऊर्जाबाट सञ्चालित पनडुब्बी

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

तानसेन – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल

वाग्मती सफाइ महाअभियान ७०७औँ हप्तामा, उत्तर वाहिनी क्षेत्रमा सफाइ

काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर

किस्ट अस्पतालले मेदान्तासँगको सहकार्यमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने

ललितपुर- ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले भारतको मेदान्ता अस्पतालसँगको सहकार्यमा नेपालमा