चार जना फरार प्रतिवादी पक्राउ « Khabarhub

चार जना फरार प्रतिवादी पक्राउ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तनहुँ जिल्ला अदालतको विसं २०६९ असार ११ गते फैसलाअनुसार भुजेललाई दुई महिना १७ दिन र रिमाललाई दुई महिना २३ दिनको कैद फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

यसैगरी ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ घर भई व्यास नगरपालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र सोही ठाउँका २६ वर्षीय मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाद्वयविरुद्ध शुक्रबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियारसमेतले ज्यान मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रानाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ३४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन