चार जना फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

चार जना फरार प्रतिवादी पक्राउ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तनहुँ जिल्ला अदालतको विसं २०६९ असार ११ गते फैसलाअनुसार भुजेललाई दुई महिना १७ दिन र रिमाललाई दुई महिना २३ दिनको कैद फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ ।

यसैगरी ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ घर भई व्यास नगरपालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र सोही ठाउँका २६ वर्षीय मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाद्वयविरुद्ध शुक्रबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

गत जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियारसमेतले ज्यान मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रानाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ३४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

ढोरपाटन– यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति

साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध

काठमाडौं– फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ