म्याग्दी पहिरो : १२ को शव फेला, प्रभावित क्षेत्रमा हेलिकप्टरबाट सुरक्षाकर्मी लैजाने तयारी « Khabarhub

म्याग्दी पहिरो : १२ को शव फेला, प्रभावित क्षेत्रमा हेलिकप्टरबाट सुरक्षाकर्मी लैजाने तयारी


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा १२ जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएर मराङको कल्लेनीमा तीन, राम्चेमा १०, रिखमा सात, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका थिए ।

कल्लेनीका र ठूलोगाउँका २ जनाको शव भेटिएको स्थानीयले जानकारी गराएको वडानम्बर ६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए । बिमको तल्लोगाउँका पाँच, दुलेका दुई र नौरुका एक जनाको खोजी भइरहेको छ ।

रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ । खोला तर्ने क्रममा बेपत्ता भएकी रोकाको खोजी जारी छ ।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो ।

सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले आज बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् ।

बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् ।

मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताए ।

मराङका वडाध्यक्ष सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए ।

चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको बताए । शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो ।

दरवाङ पुगेको सुरक्षाकर्मीको टोली स्थलमार्ग र अर्थुङे ब्यारेकबाट आज बिहान हेलिबाट सुरक्षाकर्मी पठाउन लागिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टोली पहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ ।

गएराति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयबासीले बताएका छन् । पहिरो र बाढीले धौलागिरि र मालिका गाउँपालिका जोड्ने दाङखोलाको अस्थायी मोटरेबल पुल, बेनी–जोमसोम सडकको राहुघाट बेलिब्रिज, बिमको शिवरात्रिस्थित ट्रस पुल बगाएको छ ।

ताकम स्वास्थ्यचौकीको पुरानो भवन, मङ्गलाघाट प्रहरी बिटको भवन, नौमानेको शिव आधारभूत र ताकम माविको भवन भत्किएको छ । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् ।

राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ । यसैगरी सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सबै सडक र पश्चिमी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १० : २९ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि