झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो « Khabarhub

झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्र्दै आएका छन् । पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् ।

लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताए ।

लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ । स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पुर्‍याउन निकै सास्ती भएको खत्रीको भनाइ छ ।

जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, रापकअछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरु जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर– जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन् । “त्यहाँ पनि पुलमा नै पानी पुग्न लागेको छ, झोलुङ्गे पुल सधैँ वर्षात्को समयमा जोखिम बन्ने गरेको छ,” स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले भने ।

बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए ।

“पानीको बहाबले पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयवासीलाई आवतजावत गर्न रोक लगाएका छौँ”, उनले भने ।

पूर्वी–उत्तरी भेगको कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन् । कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

लगातारको वर्षाले बाढी आएर पुलै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय अगुवा भरत रोकायाले बताए । उनले यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताए । वर्षामा अचानक पानीको बहाव बढेपछि जतिबेला पनि कर्णाली नदीले पुलसँगै स्थानीय यात्रुलाई पनि बगाउने सम्भावना रहेको उनको भनाइ थियो ।

त्यस्तै बूढीनन्दा नगरपालिका–२ र ८ वडालाई जोड्ने दैयामा रहेको पुल पनि अत्यधिक जोखिममा छ । “वर्षायाम लागेपछि त हामी त्यसमा आवतजावत पनि गदैनौँ, साह्रै डर लाग्छ”, बुढीनदा–६ दैयाकी मेनका खत्रीले बताए । उनले भने, “अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण अवस्थामा रहेको पुलमा नै जोखिमपूर्ण यात्रा गर्दै आएका छौँ ।”

कोल्टी–कोटिला जोड्ने बड्डीगाड खोलामा रहेको पुल पनि जोखिममा परेको छ । पुल जोखिममा भएपछि यहाँका स्थानीय किसान, व्यापारी, विद्यार्थीलगायतलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

कोल्टी बजारमा मुख्य गरी दही, दूध, दाउरा कोटीलाबाट नै आउने गर्छ । वर्षाको समयमा खोलाको डरले किसान नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताए ।

वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बूढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकाम नजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा छन् । पुल जोखिममा भएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ५५ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि