कमलामा बहाव बढ्यो, सतर्क रहन आग्रह « Khabarhub

कमलामा बहाव बढ्यो, सतर्क रहन आग्रह


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो ।

“कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ”, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेका छौँ, सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेका छौँ ।”

अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव थप बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने उहाँको भनाइ छ । उहाँले कमलामा बाढीबाट पुर्‍याउन सक्ने क्षतिलाई रोक्न बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशील रहेको उनले बताए ।

अघिल्लो वर्ष नदीको बाँध भत्किएर बाढी गाउँमा पस्दा कल्याणपुर, सारस्वर, बन्दीपुरलगायतको गाउँ डुबान हुँदा ठूलो धनमालको क्षति भएको थियो । नदीकै छेउमा रहेका यी गाउँहरु बाढीको उच्च जोखिममा परेको छ ।

विगत दुई दिनदेखिको अविरल वर्षाका कारण नदीमा बाढीको चाप बढेकाले बाँध भत्किएर गाउँ पस्ने हो कि भने चिन्ता बढेको कल्याणपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  २ : १० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि