अध्यक्ष दाहालद्वारा चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण « Khabarhub

अध्यक्ष दाहालद्वारा चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहहाल ‘प्रचण्ड’ले  चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

शनिबार गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले बाढीबाट क्षति पुगेका क्षेत्रको निरीक्षण गर्नुका साथै बाढी प्रभावितहरुसँग भेटघाट समेत गरेका छन् ।

भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएका छन् ।

साे क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ ।

तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको कामको उनले प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।

अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेणु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले धन जनको क्षति पुगेको छ ।

 

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ०५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा