सप्तरीमा तीन मिटर लामो अजिङ्गर फेला « Khabarhub

सप्तरीमा तीन मिटर लामो अजिङ्गर फेला


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा तीन मिटर लामो अजिङ्गर फेला परेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–४ अर्जी बस्ने रामनारायण सदाको खेतबारीमा तीन मिटर लम्बाइ भएको आठ किलोबराबरको अजिङ्गर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षकसहितको टोली खटी अजिङ्गरलाई समातेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए । वर्षाको समयमा खोला, नदीको पानीमा बगेर अजिङ्गर आएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार अजिङ्गरबारे डिभिजन वन कार्यालय सप्तरीका प्रमुख वन अधिकृत सन्तोषकुमार झालाई जानकारी गराइएको र बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०८ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली