म्याग्दी बाढी-पहिरो : मृतकको संख्या २७ पुग्यो (अपडेट) « Khabarhub

म्याग्दी बाढी-पहिरो : मृतकको संख्या २७ पुग्यो (अपडेट)


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् ।

धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।

मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपालीको पनि पहिरामा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगङ्गा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखको पहिरामा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् । पहिराले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखु खोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।

प्रहरीका अनुसार पहिराका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरामा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडाँै र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ३८ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली