गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गर्‍यो « Khabarhub

गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गर्‍यो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

रोल्पाका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा शव फेला परेको थियो । सोही हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय पनि गरेकी छिन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरीले हत्या पछि शव व्यवस्थापनमा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । उनलाई चितवनबाटै पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो ।

प्रहरीले सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका तथ्य
– मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।

– तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।

– मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।

– मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।

– मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।

– निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।

– मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।

– मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।

– मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।

– मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।

– मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।

– शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।

– मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।

– अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।

– निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।

– हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामान

– घटनामा प्रयोग भएको धारिलो हतियार

– हिर्काउन प्रयोग भएको ह्याम्मर

– रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

– घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

– सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

– मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

– स्लिपीङ ट्यावलेटको खोल

– मोबाईल सेटहरु

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ४३ बजे

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर