नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सदस्य सुब्बाको निधन « Khabarhub

नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका सदस्य सुब्बाको निधन


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबल टीमले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलाडी इन्द्र सिंह सुब्बाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न गंगालाल अस्पतालमा लगिएका सुब्बाको मंगलबार बिहान निधन भएको हो ।

सुब्बाले सन् १९६२ मा नेपालले तत्कालिन पाकिस्तान हाल बंगलादेशको आगाखा गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । सेन्टर ब्याकको भूमिका रहेका उनी आफ्नो खेल करियरका राम्रो खेलाडी भएको उनका सहकर्मी बिष्णु बराल बताउँछन् ।

उक्त टोलीमा गोलकिपरका रुपमा बराल पनि पाकिस्तान पुगेका थिए । नरसम्शेर राणाले तयार पारेको टीममा पर्दा सुब्बा मोरङ ११ बाट खेलिरहेका थिए ।

दार्जिङमा जन्मिएका उनी फुटबल खेल्ने क्रममा नेपाल आएका र पछि यतै बसाई सरेको बराल बताउँछन् ।

२०१६ सालमा योङ् गोर्खा एसोसियसको फुटबल टिम मोरङ ११ सँग मैत्रिपूर्ण फुटबल खेल्न विराटनगर आएको थियो । त्यो टिमका महत्वपूर्ण सदस्यका रुपमा सुब्बा थिए ।

‘उक्त टिमसँग हामीले मैत्रिपूर्ण फुटबल खेल्यौं । उहाँ राम्रो सेन्टर फरवार्ड हुनुहुन्थ्यो । राम्रो खेल्नु हुन्थ्यो,’ बरालले भने ।

विराटनगरमा राम्रो खेलेपछि उनलाई विराटनगर चिनी कारखानाले जागिर नै दिएको बराल सम्झन्छन् । चिनी कारखानामा काम गर्दै फुटबल खेलेका उनी पछि मोरङ ११ मा समेत आवद्ध भएका थिए । मोरङ ११ बाट खल्दा खेल्दै सुब्बा विसं २०१९ (१९६२) मा नेपाल ११ का लागि छनोट भएका थिए ।

आगाखाँ गोल्डकपमा नेपालले तीन खेल खेलेको थियो । ‘नेपाल १११ बाट आगाखाँ गोल्डकपमाहामीले तीन खेल खेल्यौं । उहाँ सेन्टर फरवार्ड हुनुहुन्थ्यो । राम्रो स्वभाव, टीममा मिलनसार हुनुहुन्थ्यो,’ तत्कालिन टीमका गोलकिपर रहेका बरालले भने ।

सुब्बा राम्रो फुटबलरसँगै राम्रो प्रशासक पनि भएको बरालले बताए । लामो समय चिनी मिलमा काम गरेर पछि चिनी मिल साल्ट ट्रेनिङसँग आवद्ध भएपछि उनले त्यसमा पनि लामो समय काम गरेर निवृतीभरण पाएका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : १४ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ