भगवान श्रीकृष्णबाट प्रेरणा लिएर नैतिकताका प्रश्नलाई जित्नुपर्छ : अध्यक्ष राणा « Khabarhub

भगवान श्रीकृष्णबाट प्रेरणा लिएर नैतिकताका प्रश्नलाई जित्नुपर्छ : अध्यक्ष राणा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिएर महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्नलाई जित्नु पर्ने बताएका छन् ।

कृष्ण जन्माष्टीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले भगवान श्रीकृष्णले जीवनमा अनेक दुःख पीडा सहर्ष पार गरेको यथार्थ मनन् गर्दै विद्यमान बेथिती सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

‘विमुक्त बालक, चिरजीवी प्रेमी, बीर योद्धा, चतुर राजनेता, उच्चकोटीका योगी सबै हुन् भगवान श्रीकृष्ण । जीवनकालमा उनले यथेष्ठ उतारचढाव, चुनौति, चिन्ता सहर्ष पार गरे,’ उनले सन्देशमा मंगलबार भने ।

‘महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्न उठीरहँदा कृष्ण जन्माष्टमीको पावन दिन हामीलाई प्रेरणा, बल मिलोस् । शुभकामना,’ राणाले भने ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०४ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।