भगवान श्रीकृष्णबाट प्रेरणा लिएर नैतिकताका प्रश्नलाई जित्नुपर्छ : अध्यक्ष राणा « Khabarhub

भगवान श्रीकृष्णबाट प्रेरणा लिएर नैतिकताका प्रश्नलाई जित्नुपर्छ : अध्यक्ष राणा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले श्रीकृष्ण भगवानको जीवन अनुभवबाट प्रेरणा लिएर महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्नलाई जित्नु पर्ने बताएका छन् ।

कृष्ण जन्माष्टीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले भगवान श्रीकृष्णले जीवनमा अनेक दुःख पीडा सहर्ष पार गरेको यथार्थ मनन् गर्दै विद्यमान बेथिती सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

‘विमुक्त बालक, चिरजीवी प्रेमी, बीर योद्धा, चतुर राजनेता, उच्चकोटीका योगी सबै हुन् भगवान श्रीकृष्ण । जीवनकालमा उनले यथेष्ठ उतारचढाव, चुनौति, चिन्ता सहर्ष पार गरे,’ उनले सन्देशमा मंगलबार भने ।

‘महामारी, सुशासन, भ्रष्टाचार, नैतिकताका प्रश्न उठीरहँदा कृष्ण जन्माष्टमीको पावन दिन हामीलाई प्रेरणा, बल मिलोस् । शुभकामना,’ राणाले भने ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०४ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन