कोरोना भाइरससँग मिल्ने ‘कन्टेजन’ को कथा, जुन १० वर्षअघि बनेको थियो « Khabarhub

कोरोना भाइरससँग मिल्ने ‘कन्टेजन’ को कथा, जुन १० वर्षअघि बनेको थियो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस महामारीले विश्वका लगभग सबै मानिसको जीवनमा प्रभाव पारेको छ । भाइरसका कारण मान्छेले सामाजिक दूरी कायम राख्न थालेका छन् भने हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्न थालेका छन् ।

विश्वमा कोरोना भाइरसबाट करोडभन्दा बढी संक्रमित फैलिएका छन् । लाखौंले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिसँगको सम्पर्कमा आउँदा तत्काल सरिहाल्ने भएकाले पनि यसले छिट्टै महामारीको रुप लिएको हो ।

यस्तै कथामा दश वर्षअघि एक फिल्म निर्माण भएको थियो । जुन फिल्मले सन् २०११ मा रिलिज हुँदा खासै व्यावसायिक सफलता पाएको थिएन ।

उक्त हलिउड फिल्म ‘कन्टेजन’ ले कोरोना भाइरस महामारीपछि भने एकाएक चर्चा कमाएको छ । यो फिल्म विश्वभरमै खोजीको सूचीमा परेको छ ।

म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो लगायत कलाकारले अभिनय गरेको यो फिल्मले त्यतिबेला खासै चर्चा कमाउन सकेन । जबकि, फिल्ममा अमेरिकाका ख्यातिप्राप्त कलाकारहरुले अभिनय गरेका थिए ।

लकडाउन र फैलँदो कोरोना भाइरसका कारण यो फिल्मले एकाएक चर्चा कमाउन सफल भएको हो ।

फिल्ममा एक व्यापारी महिला चीनबाट अमेरिका फर्किएपछि एक रोगका कारण मृत्यु भएको देखाइन्छ । भाइरसबाट सरेको उक्त रोग चीनबाट सरेको र त्यो पनि एक सुँगुरबाट सरेको देखाइन्छ ।

रहस्यमय भाइरसको संक्रमणबाट उनको मात्र मृत्यु हुँदैन, केही समयपछि रोग सरेर छोराको पनि मृत्यु हुन्छ । फिल्ममा भाइरसको नाम एमईभी–१ राखिएको हुन्छ ।

कोरोना भाइरस पनि हात मिलाउँदा समेत सर्ने एक प्रकारको भाइरस हो । यसको संक्रमणले व्यक्तिको ज्यान पनि जान सक्छ ।

कोरोना भाइरस पनि चीनबाट नै फैलिएकाले फिल्मको कथासँग कथा मिलेको देखिन्छ । त्यसैले पनि आम दर्शकमा फिल्मप्रति रुचि बढेको देखिन्छ ।

बेच्न राखिएको सुँगुरको मासु छोएका एक व्यक्तिसँग हात मिलाएपछि ती महिलामा उक्त भाइरस सरेको देखिन्छ ।

कोरोना भाइरस र फिल्मको कथामा समानता पाइएपछि यो फिल्म एकाएक चर्चामा आयो ।

फिल्मका लेखक स्कट बर्न्सले भने यसलाई संयोग भएको बताएका छन् । आफूले १० वर्षअघि लेखेको फिल्मको कथा अहिले आएर मिल्दा उनी चकित भएका छन् ।

उनले एक अन्तर्वार्ताका भनेअनुसार महामारी र प्रकोप आउँदा आधुनिक समाज कमजोर भएको देखाउन यस्तो खाले कथा रोजेका थिए ।

फिल्मको कथा लेख्न उनले भाइरसविज्ञ तथा सरुवारोग विशेषज्ञसँग पनि छलफल गरेका थिए । उनले कथालाई थप विश्वसनीय बनाउन विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरुसँग पनि छलफल गरेका थिए ।

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ४ : ०४ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,