नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक « Khabarhub

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल र चीन जोड्ने रणनीतिक महत्त्वको यो ‘लाइफलाइन’ सडक गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला-ठूला चट्टानसहित पहिरो खसेपछि पूर्ण रूपमा ठप्प बनेको थियो ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट १४१ किलोमिटर दूरीमा रहेको छुम्सुरको पहिरो हटाउन उत्तर-दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो । सोही आग्रहअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्ट र श्री इन्द्रदल गुल्मको सैनिक टोली परिचालन भएको आयोजनाले जनाएको छ ।

सामान्य उपकरणले ठूला चट्टान हटाउन सम्भव नभएपछि सैनिक टोलीले विस्फोटक पदार्थ (ब्लास्टिङ) प्रयोग गरेर चट्टान फुटाएको थियो । त्यसपछि आयोजनाले गेग्रान र लेदो हटाएर सडक सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । “भौगोलिक अवस्थाका कारण पहिरो पन्छाउन अत्यन्त कठिन थियो,” गुरुङले भने, “चुनौतीपूर्ण परिस्थितिमा सेनाले ठूलो योगदान पुर्‍यायो ।”

रसुवागढी, तातोपानी र कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण प्रभावित भइरहेका बेला किमाथाङ्का सडक खुल्दा उत्तरी सीमासँगको पारवहन र आवागमन सहज हुने अपेक्षा गरिएको छ । सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयको दैनिक आवागमन र खाद्यान्न ढुवानीमा सास्ती हुँदै आएको थियो ।

नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो जोगबनी–किमाथाङ्का सडक खण्डअन्तर्गत कडा चट्टानयुक्त १०.८ किलोमिटर ट्र्याक सेनाले नै हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर तयार पारेको थियो । गत वैशाखमा हस्तान्तरण गरिएको यो सडक सञ्चालनमा आएसँगै संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ७ : १४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान