धितोपत्र बजार : नेप्सेमा सामान्य गिरावट | Khabarhub Khabarhub

धितोपत्र बजार : नेप्सेमा सामान्य गिरावट


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको छ ।

सामूहिक लागनी कोष ०.०२ अङ्कले बढ्दा बैंकिङ ६.५४, व्यापार १९.२७, होटल ४३.२३, विकास बैंक ९.४२, जलविद्युत् १.०४, वित्त ०.६, निर्जीवन बीमा ३.२१, उत्पादन १६.९९, अन्य ०.५७, लघुवित्त २१.५८ र जीवन बीमा २३.१४ अङ्कले घटेको छ ।

कारोबार रकमका आधरमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड १६ लाख सात हजार ८०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ३९ लाख ३९ हजार ६२४, युनाइटेड इन्स्योरेन्सको रु चार करोड ७६ लाख ७० जहार ७०७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु चार करोड ७० लाख ६६ हजार ६४३, एनएमबी बैंकको रु चार करोड ५५ लाख ६४ हजार ७७८, अजोड इन्स्योरेन्सको रु चार करोड ५४ लाख ६३ हजार ५८ र एनआइसी एसिया बैंकको रु चार करोड २८ लाख ४२ हजार २४८ बराबरको शेयर कारोबार भयो ।

नेप्से घटे पनि आज सबैभन्दा बढी अजोड इन्स्योरेन्सका लागनीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । यस्तै साधना लघुवित्त वित्तीय संस्था ९.८१, युनियन हाइड्रोपावर ८.७७, युनाइटेड इन्स्योरेन्स कम्पनी ५.२२, वेष्ट फाइनान्स ५.१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.९२, आँखुखोला जलविद्युत् कम्पनी ३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८० र राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९.८ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ५.४६, गुराँस लघुवित्त वित्तीय संस्था ५.४५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.८१, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ३.७५, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.७३, घलेम्दी हाइड्रोपावर ३.५७, ओरियन्टल होटल ३.३५ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाएको नेप्सेले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : १० बजे

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती