भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश « Khabarhub

भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

भट्टलाई साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । साथै साउन ३२ गते पक्ष र विपक्ष दुवैलाई छलफलमा अदालतमा बोलाइएको छ ।

अधिवक्ता भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बोर्डको कार्यकारी अधिकृत सिफारिस समिति लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

मन्त्रिपरिषदले साउन १९ मा लगानी बोर्डमा भट्टलाई सीईओ नियुक्त गरेको जनाएको थियो । यो निर्णयसँगै एजेन्टलाई सीईओमा नियुक्त गरिएको भन्दै उक्त निर्णयको विरोध भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : २५ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन