कोरोना कहर : अब होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने « Khabarhub

कोरोना कहर : अब होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले होटलमा बसेर खान रोक लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिए पनि सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः रोक लगाएको छ।

त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ।

अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तराष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ।’

यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय आएर काम गर्ने वातावरण मिलाउनुपर्ने निर्णय बैठकले गरेको छ।

भर्चुअल माध्यमबाट सम्भव नहुने कार्यालय वा काम अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय सरकराले गरेको छ।

यस्तै जमघट, भेटघाटले संक्रमण बढेको भन्दै अत्यावश्यक बाहेक कुनै पनि प्रकारका बैठक, भेला जस्ता कार्यक्रममा रोक लागउने निर्णय समेत बैठकले गरेको छ। यस्तै सरकारले चाडपर्व घरभित्रै रहेर मनाउनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको