कोरोना कहर : अब होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने « Khabarhub

कोरोना कहर : अब होटल तथा रेष्टुरेण्टमा बसेर खान नपाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काेराेना संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले होटलमा बसेर खान रोक लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिए पनि सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः रोक लगाएको छ।

त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ।

अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तराष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ।’

यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सरकारी तथा गैरसरकारी, बैंक तथा वित्तिय संस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र ५० प्रतिशत कर्मचारी मात्रै कार्यालय आएर काम गर्ने वातावरण मिलाउनुपर्ने निर्णय बैठकले गरेको छ।

भर्चुअल माध्यमबाट सम्भव नहुने कार्यालय वा काम अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय सरकराले गरेको छ।

यस्तै जमघट, भेटघाटले संक्रमण बढेको भन्दै अत्यावश्यक बाहेक कुनै पनि प्रकारका बैठक, भेला जस्ता कार्यक्रममा रोक लागउने निर्णय समेत बैठकले गरेको छ। यस्तै सरकारले चाडपर्व घरभित्रै रहेर मनाउनसमेत आग्रह गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५१ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह