नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख सहयोग « Khabarhub

नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख सहयोग


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बैंकले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयाेग गरेकाे हाे ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले पुर्‍याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउँदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सबैभन्दा पहिला सहयोगको घोषणा गरेको बताए ।

बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको जनाए । उनले यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास समेत व्यक्त  गरे ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सहसचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत  प्रकाशकुमार अधिकारी र बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : १७ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,