दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण « Khabarhub

दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा २९ नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पीसीआर परीक्षणमा तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीमा कार्यरत २९ जवानमा कोरोना देखिएको हो ।

यसअघि संक्रमण देखिएका एक जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङका क्रममा ३१ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताए ।

प्युठानमा कार्यरत एक जवान तालिमका लागि नेपालगन्ज जाँदै गर्दा तुलसीपुरस्थित बाहिनीमा बसेका थिए ।

उनलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी शान्तिनगर र बबई गाउँपालिकामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बबई गाउँपालिका ४ का २६ र ३३ वर्षीय पुरुष र वडा नम्बर ७ का ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ३६ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,